विराटचोकः सुन्दरहरैचा नगरपालिकाले १ अर्ब ८ करोड ७७ लाख ८० हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको छ । नीति तथा कार्यक्रम नगरसभामा पेश गरेपछि लागत सहभागिता घटाउनुपर्ने भन्दै केही जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका छन् ।
नेकपाबाट जितेका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका हुन् । सुन्दरहरैंचामा नेपाली काङ्ग्रेसबाट निर्वाचित शिव ढकाल मेयर भए पनि उपमेयरसहित बहुमत जनप्रतिनिधि नेकपाका छन् । नगर कार्यपालिकाको बैठकमा सहमति भएका विषय नगरसभामा पुन नयाँ माग उठेकाले छलफलका लागि नगरसभा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए ।
असन्तुष्ट जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेको भन्दै पत्रकार सम्मेलन नै गरेका छन् ।