इटहरीः शेयर कारोबार गर्न शेयर धितो राखेर कर्जा दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ ओटा ब्रोकर कार्यालयलाई अनुमति दिएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेका ब्रोकर कम्पनीलाई नेप्सेले मार्जिन कारोबारका लागि अनुमति दिन थालेको हो । बिहीबारसम्म ७ ओटा ब्रोकरले कारोबारका लागि अनुमति पाएका छन् । थप कम्पनीलाई पनि अनुमति दिने तयारी भइरहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार मार्जिन कारोबार गर्न अनुमति पाउनेमा क्रिष्टल कञ्चनजंघा, श्रीकृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, नेपाल स्टक हाउस, सेक्वर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज र कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज रहेका छन् ।

यीमध्ये ब्रोकर नम्बर ५० को क्रिस्टल कञ्चनजंघा र ब्रोकर नम्बर ४८ को श्रीकृष्ण सेक्युरिटिजका शाखा कार्यालय विराटनगरमा रहेका छन् । सेक्वर्ड सेक्युरिटिजको शाखा कार्यालय झापाको बिर्तामोडमा रहेको छ ।

khagendra bimali