इटहरीः ७ ओटा ब्रोकरले मार्जिन कारोबारका लागि अनुमति पाउँदा मार्जिन कारोबारका लागि अनुमति माग्नेमा दिपशिखा धितोपत्र कारोबार कम्पनी, दिव्या सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज, एसियन सेक्युरिटिज, श्वेता सेक्युरिटिज र प्रज्ञान सेक्युरिटिज रहेका छन् ।

यसैगरी, सुमेरु सेक्युरिटिज, डाइनामिक मनि म्यानेजर्स, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, नाशा सेक्युरिटिजले पनि मार्जिन कारोबारका लागि अनुमति मागेका छन् ।

यीमध्ये प्रज्ञान सेक्युरिटिजको शाखा कार्यालय विराटनगरमा रहेको छ भने सुमेरु सेक्युरिटिज झापाको बिर्तामोडमा रहेको छ । अनलाइन सेक्युरिटिजको शाखा कार्यालय धरानमा रहेको छ ।

इटहरीमा शाखा रहेका ३ ओटै ब्रोकर कम्पनी आशु्तोष ब्रोकरेज एण्ड सेक्युुरिटिज, नीभ सेक्युरिटिज र भृकुटी सेक्युरिटिजले भने अनुमति नै नमागेको नेप्सेले जनाएको छ । त्यस्तै, विराटनगरमा शाखा रहेका अग्रवाल सेक्युरिटिज र नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पनि अनुमति मागेका छैनन् ।

धरानमा शाखा कार्यालय रहेको एबीसी सेक्युरिटिज तथा बिर्तामोडमा शाखा कार्यालय रहेका साउथ एशियन बुल्स प्रालि र श्रीहरि सेक्युरिटिजले पनि मार्जिन कारोबारका लागि अनुमति मागेका छैनन् ।

khagendra bimali