इटहरीः उवासंघ इटहरीको चुनावमा वाणिज्यतर्फका सदस्यको क्रम संख्या ५ मा छन रितेस श्रेष्ठ । इटहरीको इटहरीको खेलकुद क्षेत्रमा भने फस्टम्यान भएर काम गरेका छन् श्रेष्ठले । इटहरी रङ्गशाला निर्माण समितिमा उनी अध्यक्ष रहेका थिए ।

हाल होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष उनी होटल व्यवसायी महासङ्घ केन्द्रीय समिति सदस्य पनि छन् । रेडक्रस सोसाइटी देखी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी इटहरीको चिनिएको होटेल दियालो एन्ड लजका सञ्चालक हुन ।

खेलकुद र पर्यटन क्षेत्रमा लामो समयदेखी सक्रिय श्रेष्ठ व्यवसायमा जोडिएको २३ वर्ष पुग्यो । आफ्ना पिता विजेन्द्र श्रेष्ठले सञ्चालन गरेको कोसी घडी रेडियो सर्भिसको जिम्मेवारी २०५३ सालबाट लिएपछि श्रेष्ठ निरन्तर व्यापार क्षेत्रमा सक्रिय भएका हुन । घडी र रेडियोको जमाना कमजोर भएपछि उनले अडियो र भिडियोको व्यापार सुरु गरे । आर्यन्स अडियो एन्ड भिडियो कर्नरको नाममा उनले उक्त व्यवसायमा हात हाले । २०५५ सालबाट भने उनी होटल व्यवसायमा सक्रिय भए ।

साढे दुई दशक लामो इटहरीमा व्यवसायी रहेका श्रेष्ठ अब व्यवसायीको एकै छाता मुनि बसेर काम गर्न खोजेको बताउँछन् । शैलेश बिस्ट प्यानलका बाणिज्य सदस्य उनी भन्छन, ‘साढे दुई दशकको अन्य व्यवसायसँगै पर्यटन देखी खेलकुद क्षेत्रको अनुभव उद्योग वाणिज्य सङ्घ र व्यवसायीहरूको हितमा लाउनेछु ।’