इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको शनिबार सम्पन्न निर्वाचनको उद्योगतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ । बिहान पौने २ बजे सकिएको अन्तिम मत परिणामअनुसार भीम पौडेल समूहको प्यानलै विजयी भएको छ ।
पौडेल समूहका दिवस पोख्रेल ४०० मत ल्याउँदा, लक्ष्मण हुमागाईंले ३४५, विष्णु डाँगीले ३४२ र मुक्तिनाथ दाहालले ३३५ मत ल्याए ।
बिष्ट समूहका राजेन्द्रकेशरी घिमिरेले २८२, राजन भेट्वालले. २५८, बज्र लिम्बूले २४९ र किसन खेडियाले २१५ मत प्राप्त गरे ।
अहिले अध्यक्षतर्फको र महिलातर्फको मत गणना जारी हुँदा भीम पौडेलको प्यानल अगाडि रहेको निर्वाचन समितिले जनाएको छ ।