इटहरीः उद्योग वाणिज्य सङघ इटहरीको शनिबार सम्पन्न निर्वाचनको महिलातर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
अन्तिम मत परिणामअनुसार पौडेल समूहकी गायत्री भण्डारीले २७२२ मत र सबिना कोइरालाले २६१९ मत प्राप्त गरी विजयी भएका हुन् । बिष्ट समूहका उम्मेद्वार रञ्जु सिग्देलले १९९३ मत र पुनम थापामगरले १६२६ मत ल्याएकी छिन् ।
अहिले अध्यक्ष पदका मतगणना भइरहेको र भीम पौडेलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ ।