धरानः सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले सङ्घको कार्यसमितिका लागि पदाधिकारी मनोनयन गरेका छन् ।

सङ्घको विधानअनुसार अध्यक्ष सापकोटाले कार्यसमितिका पदाधिकारी तोकेका हुन् । सोमबार बसेको सङ्घको बैठकबाट सापकोटाले प्रथम उपाध्यक्षमा शिवराज श्रेष्ठ र द्धितीय उपाध्यक्षमा अनिल अग्रवाललाई जिम्मेवारी दिएका छन् ।

सङ्घको महासचिवको जिम्मेवारी राजेश अग्रवालले पाएका छन् भने कोषाध्यक्षको जिम्मेवारी गोपाल श्रेष्ठले पाएका छन् । बैठकले वाणिज्य सचिवमा सीताराम आचार्य र उद्योग सचिवमा पियुषराज आचार्यलाई जिम्मेवारी दिएको छ । प्रचार तथा सङ्गठन सचिवको जिम्मेवारी मानबहादुर दियालीले पाएका छन् ।

अध्यक्ष सापकोटाले सुनसरी उद्योग वाणिज्य सङ्घले अब आफ्ना कार्यक्रमलाई नियमित गर्ने बताए ।