इटहरीः खानेपानी उपभोक्ता संस्था इटहरीमा विभिन्न समयमा भ्रष्ट्राचार भएको भन्ने मेयरको अभिव्यक्ती र संचारमाध्यममा आएका समाचारले पुष्टि गरेको विषयमा समाजवादी पाटीले मेयर द्वारीकलाल चौधरीको ध्यानाकर्षण गराएको छ ।

आज एक विज्ञप्ती दिँदै उक्त पाटीले आँफैको बोलेको कुरामा किन अनुसन्धान भएको भन्दै ध्यानाकर्षण गराएको बताएको छ । पाटीको विज्ञप्तीमा खानेपानी सँस्थाको जग्गा खरिद र पाइप खरिदमा अनियमितता भएको भन्ने बारे संचार माध्यममा तथ्यपरक समाचार प्रकाशित भइसक्दा पनि नगरपालिकाले केहि नगरेको भन्दै आपत्ती जनाइएको छ ।

उपमहानगर आधिकारिक संस्था भएको हुँदा सत्यतथ्य पत्ता लगाइ दोषी उपर कारवाहि गर्न पाटीले जोडदार माग गरेको छ । पार्टीका केन्द्रीय सदस्य पदम अधिकारी एबम् प्रदेस समिति सदस्य दिपेस राई, तारा पोख्रेल लागायतको उपस्थिति रहेको थियो । मेयर द्वारिकलाल चौधरीले ज्ञापन पत्र बुझ्दै खानेपानीमा भ्रष्टाचार भएको स्वीकार गरेका छन् ।

मेयरले नगरपालिकाले जमानि बसेर एडिबि बाट लिएको ऋण तिर्न छोडेर म्याद सकिएका अध्यक्षले जग्गा खरिद गर्नु भ्र्ष्टाचार गर्नलाइ नै हो भन्दै कार्यबाहिका लागि अख्तियारलाइ ध्यानाकर्षण गराएको बताए ।

 

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310