इटहरी: असार १४ गतेको व्यापारीको जनमत संग्रहमा बिहिवारको विपक्ष र शनिवारको पक्षमा मतदान भएपनी बिहिबारै बजार बन्द भएको छ। बिहिवारको पक्षमा १७७४ र शनिवारको पक्षमा २८३३ आएको थियो।

तर, आज सबै पसलहरु बन्द भएका थिए। संघका निवर्तमान अध्यक्ष लिलम बस्नेतले बजार बन्दको जनमत अनुसार शनिवार वा पुरानै बिहीवार बजार बन्द गर्ने बारेमा नयाँ समितिले चयन गर्ने बताए।

असार १४ को चुनाव पछि आएको नयाँ कार्यसमितिको असार अन्तिम साता पदभार ग्रहण हुने बस्नेतले जानकारी दिए।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310