विराटनगरः विराटनगर भन्सार कार्यालयमा विषादी मापन यन्त्र नहुँदा अहिले तरकारी आयातमा गिरावट आएको छ । असार २ गते आपुुर्ती मन्त्रालयले राजपत्र प्रकाशित गरी भन्सार बिन्दुमा अनिवार्य विषादी जाँच गर्नुपर्ने व्यवस्था कायम गरेपछि यहाँका व्यवसायीले वृतामोडमा भएको प्रयोगशालामा विषादी परीक्षण गराएर ल्याउने गरेका थिए ।
विषादी जाँच स्थल टाढा र झञ्जिटिलो प्रक्रिया भएको हुँदा विराटनगर नाकाबाट भित्रिने तरकारी र फलफूलमा गिरावट आएको भन्सार अधिकारीहरूले बताएका छन् ।
भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलकाअनुसार असार २ गतेको निर्णय पछि आउने फलफुल र तरकारीको परिणाम निकै कम छ । आएका तरकारी र फलफुल पनि विषादी परिक्षाण गराएर मात्र नेपाल भित्रिने गरेको पौडेल बताउँछन् । उनकाअनुसार विषादी परीक्षणलाई अनिवार्य गराउनु भन्ने विभागको आदेशानुसार विषादी परीक्षण गराएको तरकारी मात्र नाकाबाट पास गरिएको छ । पछिल्लो निर्णय नआइसकेको हुँदा मन्त्रालयको सोही पुरानो निर्देशनात्मक व्यवस्थालाई विराटनगर भन्सारले कार्यान्वयन गरिरहेको छ । पौडेलले विभागबाट अर्को आदेश नआउन्जेल विषादी मापन भएका तरकारीलाई नेपाल प्रवेश गर्ने अनुमति दिइएको उनको भनाई छ ।
अघिल्लो वर्ष विराटनगर भन्सारबाट मात्र १ अर्व २२ करोडको तरकारी आयात भएको छ । चालु आर्थिक वर्षमा वैशाख सम्मको आँकडा हेर्दा २ अर्व २५ करोडको तरकारी आयात भएका देखिन्छ । नेपाल भित्रिने तरकारीमा आलु, प्याज, गोलभेँडा, लसुन, हरिया सागपात, दाल लगायत छन् ।

Janta Multipel Campus-01_1561904310 Un entrance 1212 2