विराटनगरः विराटनगरमा आज देखि तरकारी र फलफूलको विषादी मापन सुरु गरिएको छ । प्रदेश सरकार मातहत रहेको वालि संक्षण प्रयोगशालामा उक्त सेवा विस्तार गरिएको हो । यस अघि यो प्रयोगशालामा वालिको किरा र रोग पहिचान गर्ने गरिन्थ्यो । तत्काल प्रदेश सरकारको समन्वयमा विषादी परीक्षण पनि सुरु गरिएको प्राविधिक सहायक घनश्याम बरालले जानकारी दिएका छन्र ।

कार्यालयमा ४ जना प्राविधिक खटाइएको छ । प्रयोगशालाबाट तरकारी एवंम फलफूूलमा भएको विषादीको अवस्थाको बारेमा जानकारी दिनेछ । यसले कति मात्रामा विषादीको अवशेष छ भन्ने जानकारी दिन्छ । सोही प्रकृतिको प्रयोगशाला झापाको वृतामोडमा पनि रहेको छ । प्रदेश सरकारले पहाडबाट अत्यधिक मात्रामा आउने र छिमेकी मुलुकमा समेत निर्यात हुने पहाडी भेगको तरकारीको विषादी जाँच गर्न धरानको अमरहाट कृषि बजारमा समेत प्रयोगशाला राख्ने योजना बनाएको कृषि सचिव डाक्टर हस्त विष्टले जानकारी दिए ।
samajik bikas mantralaya add
विराटनगर भन्सार कार्यालयमा विषादी मापन यन्त्र नहुँदा तरकारी आयातमा गिरावट आएको थियो । असार २ गते आपुुर्ती मन्त्रालयले राजपत्र प्रकाशित गरी भन्सार बिन्दुमा अनिवार्य विषादी जाँच गर्नुपर्ने व्यवस्था कायम गरेपछि यहाँका व्यवसायीले वृतामोडमा भएको प्रयोगशालामा विषादी परीक्षण गराएर ल्याउने गरेका थिए ।

विषादी जाँच स्थल टाढा र झञ्जिटिलो प्रक्रिया भएको हुँदा विराटनगर नाकाबाट भित्रिने तरकारी र फलफुलमा गिरावट आएको भन्सार अधिकारीहरूले बताएका छन् । तर, विराटनगरमै विषादी अवशेष विश्लेषण प्रयोगशालाबाट सेवा सुचारु गरिएपछि विराटनगर भन्सार हुँदै भित्रिने र विराटनगर भेगका बजारमा विषादीमा अवस्था जाँच गर्न सहज भएको छ ।

यस कार्यालयले भने प्रयोगशालामा ल्याइएका फलफुल एवंम तरकारीको मात्र विषादी जाँच गर्ने नभई, आफै विभिन्न हाट एवंम बजार पुगेर तरकारीका नमुना सङ्कलन गर्दै रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।