इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीका नवनिर्वाचित पदाधिकारीलाई घरजग्गा व्यवसायी सङ्घको संस्था प्रपर्टी डिलर्स एसोसिएसन सुनसरीले बधाइ दिएको छ ।

निर्वाचित पदाधिकारीलाई बधाई दिन एसोसिएसनले सोमबार इटहरीमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष विक्रम वर्णवास येक्तेन लिम्बूले सरकारी नीतिका कारण घरजग्गा व्यवसायी मारमा परेको बताए । उद्योग वाणिज्य सङ्घले घरजग्गा व्यवसायीको समस्या समाधानको लागि ठोस पहल गर्न ढिलो भइसकेको उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले एसोसिएसनले राखेको पीडा व्यवासयीको मात्रै नभएर आम सर्वसाधारणको पनि भएको बताए । सङ्घ र एसोसिएसनका पदाधिकारी मिलेर व्यवसायीको समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ थियो ।

property  (3)