पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष जयबहादुर तामाङले मुसहर बस्तीमा चामल वितरण गरेका छन् ।
मुसहर समुदायका ३५ घर–परिवारलाई उनले व्यक्तिगत खर्चमा १५ हजार रुपैयाँबराबरको चामल वितरण गरेका हुन् । नगरको दक्षिणी भेगको यो वडा वर्षात्को समयमा बढी डुबानमा पर्ने गरेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएको ऋषिदेव परिवार, अन्य आदिवासी जनजाति र निम्न आय भएका परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताए । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनले राहत सामग्री वितरण गरेका हुन् ।