इटहरीः अशोक लेलैण्डले फ्रि मनसुन चेकअप क्याम्प शुरु गरेको छ । लेलैण्डको इटहरी शाखाले इटहरी–६ पश्चिम लाइनमा रहेको कार्यालयमा सोमबारबाट अफर शुरु गरेको हो । लेलैण्डका ग्रहकहरूको सेवाको लागि भन्दै नयाँ आर्थिक वर्षको शुरुवातमा अफर ल्याएको बताएको छ ।
ग्राहक माधव घिमिरेले उद्घाटन गरेको कार्यक्रमको पहिलो दिनमा नै ८ वटा गाडी सर्भीसिङ गरिएको इटहरी शाखाका प्रमुख दीपेन्द्र अधिकारीले बताए । कम्पनीका गाडीहरू सडकमा रहेको तर राम्रो मर्मत नपाएका कारण यो अफर ल्याएको उनको भनाइ छ ।
सो अफरमा ल्युब्समा १० प्रतिशत, स्पेयर पार्टसमा ५ प्रतिशत र मजदुर ज्याला तथा वासिङमा ३० प्रतिशत छुट रहेको उनले बताए । त्यस्तै ४५ चेक प्वाइन्टस र बम्पर देखि बम्पर चेकअप सम्म निःशुल्क रहेको उनको भनाइ छ ।
साउन ५ गतेसम्म चल्ने आफरमा देशैभर २ हजार ५ सय गाडी मर्मत गर्ने योजना रहेको उनले सुनाए । ‘यो एक किसिमको रिसर्च पनि हो’, उनले भने, ‘पहिलाको गाडीमा के कमी थियो र ग्राहकको सन्तुष्टि कस्तो छ भन्ने थाहा पाउने अवसर पनि हो । त्यही आधारमा कम्पनी परिमार्जित हुँदै जान्छ ।’