धरानः बजेटका केही प्रावधानप्रति अव्यहारिक रूपले सरकार प्रस्तुत भएको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले ७ बुँदे मागसहित बुधबार अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

आन्तरिक राजस्व कार्यालय, धरानमार्फत् बुझाइएको सो ज्ञापनपत्रमा बैंकको ऋणको ब्याज अव्यावहारिक किसिमले नबढाई बढीमा ९ प्रतिशत हुनुपर्ने, एक ठाउँबाट अर्काे ठाउँमा ढुवानी गर्दा १३ प्रतिशतले मूल्य अभिवृद्धि कर लगाउन नहुने जनाएको छ ।

त्यस्तै, आधारभूत खाद्य वस्तुमा लगाइएको मूल्य अभिवृद्धि कर जस्ता नीतिको खारेजीको माग गरिएको छ । सङ्घका अध्यक्ष गिरिधारी सापकोटा नेतृत्वमा धरानका उद्योगी व्यापारी समावेश १ सय जनाको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

१ हजार भन्दा बढीको सामान खरीदमा पान नं. अनिवार्यजस्ता व्यवस्था केही कृषि तथा जडीबुटीमा लागू हुन नसक्ने व्यापारीको भनाइ छ ।