विराटनगरः चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाले लिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो रकम महानगरपालिकाले तय गरेको लक्ष्यभन्दा १४ करोड रुपैयाँ कम हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार, महानगरपालिकाले सम्पत्ति करतर्फ ११ करोड ४८ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

घरबहाल करतर्फ ४ करोड ३८ लाख, नक्सापास करतर्फ ४ करोड २९ लाख, व्यवसाय करतर्फ ३ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अन्य राजस्वतर्फ ६ करोड ६२ लाख रुपैयाँ, अन्य दस्तुरबाट ३ करोड ७८ लाख रुपैयाँ र सिफारिश दस्तुरबाट १ करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले ५४ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थिए । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करोड ५९ लाख रुपैया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।