पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का आगलागीपीडित व्यापारी वैद्यनाथप्रसाद गुप्ता (कैलाश) लाई पथरी उद्योग वाणिज्य सङ्घले ५१ हजार रुपैयाँ र जिन्सी सामग्री सहयोग गरेको छ ।

पथरीशनिश्चरे–८, स्थित मङ्गलबारेका गुप्तालाई शुक्रबार उद्योग वाणिज्य सङ्घको टोली घरमै पुगेर रकम र जिन्सी सामग्री हस्तान्तरण गरेको हो ।

सङ्घले ५१ हजार नगदसहित १ थान फ्रिज, १० कार्टुन स्प्राइट÷कोक र १ कार्टुन खाने तेल पनि सहयोग गरेको हो । सङ्घका अध्यक्ष दीपक बस्नेतले ५१ हजारको चेक पीडित गुप्तालाई हस्तान्तरण गरेका थिए ।

राहत वितरण कार्यक्रममा सङ्घका अध्यक्ष बस्नेत, उपाध्यक्ष यादवचन्द्र दुलाल, महासचिव अशोक साम्पाङ, उद्योग सचिव दिनेश पौडेल (टिकेन्द्र), वाणिज्य सचिव खेमनाथ ढुङ्गेल कोषाध्यक्ष राजेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियोे ।