बेलबारीः हालैको वर्षाले क्षति पु¥याएका परिवारलाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ ।

दैवी प्रकोप उद्धार कोषमार्फत् राहत वितरण गरिएको बताइएको छ । बाढीबाट विस्थापित बेलबारी– ३ का अमरबहादुर खत्री र निशान सङ्ग्रौलाका परिवारलाई नगद २५ ÷२५ हजार आर्थिक सहयोग गरिएको हो । दुवै परिवार अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

त्यस्तै, बाढीबाट क्षति पुगेका बेलबारी– ३ कै भुपिन्द्रप्रसाद आचार्य, गणेश खत्री, सरिता राई र १० नम्बर वडाका शेरबहादुर कामीलाई नगद १५÷१५ हजार दिइएको नगरपालिकाका प्रवक्ता योगेन्द्रप्रसाद सुवेदीले बताए ।

सुवेदीका अनुसार बेलबारी–२ का अग्निपीडित विनोद श्रेष्ठको परिवारलाई नगद २५ हजार सहयोग गरिएको छ । प्रवक्ता सुवेदीले उद्धार तथा राहत कार्यमा खट्न समेत सबैलाई आग्रह गरेका छन् ।