फाइल तस्बिरः

इटहरीः क्वीक रेस्क्यु टिम नेपालले साउन १० गते सप्तरीको फत्तेपुर साँखुडोलीका २२ परिवार र उदयपुरको बेलकाका १ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

सबै परिवारलाई २५ केजीका दरले चामलका साथै दाल वितरण गरिएको टिमका अध्यक्ष विक्रम वर्णवास येक्तेन लिम्बूले बताए । त्यस्तै, प्रत्येक परिवारलार्य एउटा ब्ल्याङ्केट र एउटा त्रिपाल दिइएको उनले बताए ।

आज इसाइ समाजसँगको सहकार्यमा राहत वितरण गरिने
अध्यक्ष येक्तेनका अनुसार आज मोरङको उर्लाबारीमा राहत वितरण गरिने भएको छ । आजको राहत वितरण कार्यमा इसाइ समाजले सहयोग गर्ने भएको छ । सो समाजसहितको ब्यानरमा उर्लाबारीका विस्थापित ६ परिवारलाई त्रिपाल, ब्ल्याङ्केट, लुगाफाटा, म्याट र चामल वितरण गरिने अध्यक्षले बताए ।

अन्य सङ्घसंस्थासँग पनि सहकार्य गरी विपतमा परेकालाई सहयोग गर्न क्वीक रेस्क्यु टिम इच्छुक भएको र धेरैसँग अनुरोध गरिरहेको अध्यक्ष येक्तेनको भनाइ छ ।