इटहरीः दुुइ वर्ष अघि आएको बाढीले इटहरीमा धेरै धनजनको क्षति गर्‍यो । त्यो बेला देश तथा विदेशबाट सहयोग जुटे । धेरै सहयोगी हात मध्ये एक थिए हङकङमा रहेका रत्न खिम्दिङ । पूर्व गोर्खा सैनिक रत्न अहिले परिवारसहित हङकङ बस्छन् । कर्मले विदेशमा रहेता पनि उनी नेपाल र स्थानीय ठाउँका लागि केही गर्ने हुटहुटी बोकेर नेपाल फर्किएका छन् ।

छोटो समयका लागि नेपाल आएका रत्नले गोर्खा सिमेट्रिज ट्रस्ट Gurkha Cemeteries Trust २००५ साल देखि काम गरिरहेका छन् । विभिन्न सेवामूलक काममा सहभागी हुने रत्नले जन्मभूमि इटहरीसँग जोडिइरहने सेतुको स्थापना गरे । तीन वर्ष भयो उनले इटहरीसँग जोडिनका लागि नयाँ संस्थाको जन्म गराएको । जसले इटहरीलाई हङकङमा चिनाउने प्रयत्न गर्छ । विदेशमा बसेर इटहरी मञ्च हङकङको फाउन्डेसन प्रेसिडेन्टको रूपमा काम गरिरहेका छन् ।

त्यहाँ बस्ने इटहरीवासीलाईजोड्ने काममा तल्लीन उनले इटहरी दुख्दा हङकङ साथमा छ भन्ने देखाउन चाहन्छन् । ‘इटहरीको विकासका लागि आफुुले केही पहल गर्ने योजना बनाएर यो पटक छोटो बसाइका लागि इटहरी आएको हुँ ।’ उनले भने ‘समाजका जिम्मेवार व्यक्तिसँगको भेटघाटले मलाइ थप उत्साह बढाएको छ ।’

यो पटकको भेटघाटमा उनले दुइटा कुरा योजना बनाएका छन् । इटहरीमा सार्वजनिक शौचालयको अभाव रहेको हुँदा मोबाइल ट्वाइलेटका लागि केही सहयोग गर्न सकिन्छ कि भन्ने सोच बनाएर हङकङमा छलफल गर्नेछन् । त्यस्तै इटहरीका गायन प्रतिभा प्रितम आचार्यलाई त्यहाँ रहेका नेपाली बिच सम्मान गर्ने योजना बनाएका हुन् ।
यो सँगै इटहरीले आवश्यता ठहर्याएकोखण्डमा आफुुले जुनसुकै सहयोगका लागि लविङ गर्न तयार रहेको रत्न बनाउँछन् । ‘इटहरीको विकास भयो भने मात्र हामी नेपाली हौँ हामी इटहरीवासी हौँ भनेर गर्व गर्न सक्छौँ, त्यसैले यो ठाउँको विकासका लागि हाम्रो पनि दायित्व छ । ’

रत्नको अर्को सपना छ । नेपाली गोर्खाज्हरुले विदेशी भूमिमा पुगेर ज्यान गुमाएको सम्झनामा विश्वभरि छरिएका नेपालीलाई एकै थलोमा उपस्थित गराउन । गोर्खा ट्रेल ब्लेजर Gurkha Trailblazer नामको लामो दौडको प्रतियोगिता गराउने कार्यक्रमको तय भएको छ । ‘हामीले यस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम पनि गर्न सक्छौँ भन्ने देखाउनु छ ।’ रत्नले भने । गोर्खा ट्रेल ब्लेजर तेस्रो सस्करण यही ८ फरवरी २०२० मा हङकङमा सम्पन्न हुदैछ

आफ्ना सन्तानको लागि पनि भाषा संस्कृति जगेर्ना गर्ने संस्थाको अर्को महत्त्वपूर्ण जिम्मेवारी छ । ‘पहिचानविहिन नहुन् भन्नका लागि पनि हामीले नेपाली कलासंस्कृतीको जगेर्नाका लागि हामीले सधैँ काम गर्नेछौँ । हाम्रा सन्ततिले हामी को हौँ भन्ने प्रश्नको जवाफ पाउन्’ रत्न भन्छन् ‘यसका लागि हामीले हाम्रो दायित्व निर्वाह गर्न सक्नुपर्छ ।’