उर्लाबारीः सिभिल बैंकले मोरङको उर्लाबारीमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले गरेका छन् ।

शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्ति, उद्योगी, व्यवसायी, तथा सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख खड्गबहादुर फागोले महिला विकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरूप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण गरेका थिए ।