काँकरभिट्टाः झापाको मेचीनगरमा उद्योगी व्यवसायीको सङ्ख्या बढिरहेको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था मेची उद्योग वाणिज्य सङ्घका अनुसार आर्थिक वर्ष २०७५÷ ०७६ मा मात्र सो संस्थाको सदस्यता लिनेहरू १ हजार ८ सय १४ जना पुगेका छन् । जुन सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा ३ सय ८४ जनाले बढी भएको सङ्घका कार्यकारी निर्देशक गोपाल बस्नेत बताउँछन् ।

उनका अनुसार नगरमा पान र मिठाइ पसलहरूमात्र होइन चाउचाउ, जुस, पानी, दाना, जुत्ता चप्पल, लुब्रिकेन्टस उद्योगहरू खुलेका छन् । स्टार होटल र क्यासिनो पनि धमाधम सञ्चालनमा आइरहेका छन् । सङ्घमा उद्योगी व्यवसायीले विभिन्न किसिमका उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेपछि सङ्घको राजस्वमा समेत वृद्धि भएको छ ।

कारोबारको आकार बढ्दै जाँदा शहरमा बैंकको सङ्ख्या पनि बढ्दै गएको छ । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ ।

अहिले काँकरभिट्टा, धुलाबारी, चारआलीलगायतका बजारमा बैंकका शाखा छन् । देशमै नाम चलेका र ख्याति कमाइसकेका बैंकका शाखा काँकरभिट्टाको झण्डै आधा किलोमिटरको वरपर रहेका छन् । सनराइज, कन्काई, एक्सल, प्रभु, एनआईसी एशिया, माछापुच्छ«े, सिद्घार्थ बैंकका शाखा सञ्चालनमा छन् । क