विराटनगरः मोरङको उर्लाबारी नगरपालिकामा दिउँसै चोरी भएको छ । वडा नम्बर ५ आनन्द मार्ग बस्ने भोजराज ढकालको घरमा डेरा गरी बस्ने गोमा बस्नेतको कोठाको ताला फोरी कोठाभित्रबाट नगद तथा सरसामान चोरी भएको हो ।

दराजमा रहेको नगद रू ८० हजार र साढे ३ तोला सुन चोरी भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरी टोली खटिई गई कानुनी प्रक्रिया पूरा गरी चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।