इटहरीः नेपाल गुणस्तरबमोजिम सिमेन्ट उत्पादन नगर्ने ४ उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ ।

बुधबार बसेको विभागको बैठकले मोरङको नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग प्रालि, सुनसरीको जानकी सिमेन्ट उद्योग प्रालि, नवलपरासीको चितवन सिमेन्ट उद्योग प्रालि र रुपन्देहीको नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालिलाई कारवाही गरेको हो ।

४ ओटै सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल गुणस्तर अनुरूप नरहेकाले कारवाही गरेको विभागले जनाएको छ । कारवाही गरिएकामध्ये मोरङको नेपाल अल्ट्राटेक र सुनसरीको जानकी सिमेन्टको बिक्रीमा रोक लगाउनुका साथै स्पष्टीकरण मागिएको छ । चितवन सिमेन्टको इजाजतपत्र नै रद्द गरिएको छ भने नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन गरिएको छ ।

gunastar