पाँचथरः शुक्रबारदेखि सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा स्थापना गरेको छ ।

सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरे । शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।