इटहरीः रमन गु्रप अन्तर्गतको भगिनी कम्पनी रमन मोटर्स प्रालिले रनर ब्राण्डका १ सय १० सीसीदेखि २ सय सीसीका विभिन्न मोडलका मोटरसाइकलको इटहरीमा बिक्री शुरु गरेको छ ।

नेपालको लागि रनर मोटरसाइकलको आधिकारिक डिस्ट्रिब्युटर रमन गु्रपले फोर एस सेल्स, सर्भिस, स्पेयर्स र सेफ्टीसमेतको सुविधा रहेका आधुनिक अटोमेटेड वर्कसपसहित शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका जनरल मेनेजर विनोद थापाका अनुसार विराटनगरको मुनाल पथमा र बिर्तामोडमा पनि विगत १ वर्षदेखि डिलर स्थापना गरी मोटरसाइकल बिक्री गरिरहेको थियो ।

सो कन्स्ट्रक्सनकै अर्काे कम्पनी रमन जनरल प्रालिले चीन तथा भारतमा निर्मित लिगंग ब्राण्डका हेभी इक्युपमेन्ट पनि सोही भवनबाट बिक्री गर्न शुरु गरेको छ । विश्वका ४ ओटा देशमा २० ओटा फ्याक्ट्रीबाट उत्पादित एक्सभेटर, लोडर, डोजर आदि मेसिन बिक्री गरिरहेको थापाले बताए ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले पूर्वकै आर्थिक विकासमा टेवा पुग्ने गरी व्यवसाय स्थापना गरेकोमा कम्पनीको सफलताको कामना गरेका थिए । दुवै शोरुमको उद्घाटन सङ्घका अध्यक्ष पौडेल र कम्पनीका जनरल मेनेजर थापाले संयुक्त रूपमा गरेका थिए ।