पथरीः आज बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–२ लिची डाँडामा भएको आगलागीमा ११ लाख रुपैयाँबराबरको क्षति भउको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय सुकमाया राईको टिनको छानो र बाँसको टाटी बेराले बनेको एकतले होटलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा होटलभित्र रहेको किराना सामान, फ्रिज, भाँडावर्तन, फर्निचर र नगद ५ हजार रुपैयाँ समेत जलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए ।

आगो इलाका प्रहरी कार्यालय पथरी, स्थानीय र दमकबाट आएको दमकलको सहयोगमा निभाइएको थियो ।