इटहरीः धनकुटाको गुराँस लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बोनस दिने निर्णय गत साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको सो कम्पनीले जनाएको छ ।

८ दशमलव ३८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक पर्ने शून्य दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको जनाइएको छ । कम्पनीले ६५ लाख रुपैयाँ बराबरको बोनस शेयर र सो शेयरको लागि लाग्ने करबापतको रकम ३ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद वितरण गर्ने भएको हो ।