फाइल तस्बिर 

इटहरीः जगदम्बा अटो मोटर्स प्रालिको आधिकारिक बिक्रेता पारस अटोमोबाइलले भदौ २ गतेदेखि ६ गतेसम्म टीभीएस ब्राण्डका मोटरसाइकल र स्कुटर एक्सचेन्जको लागि अफर ल्याएको छ ।

पहिलेका यस्ता एक्सचेन्ज अफरमा ग्राहकको उल्लेख्य सहभागिता हुने र मोटरसाइकल तथा स्कुटर खरीद हुने गरेकाले पहिलो दिनमै १ सय ओटा मोटरसाइकल एक्सचेन्ज हुन सक्ने अनुमान गरिएको पारस अटोमोबाइलका सञ्चालक लीला लुइँटेलले बताए ।

नयाँ मोटरसाइकल खरीदपछिको स्क्र्याचमा ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म क्यास ब्याक पाइनुका साथै पुरानो मोटरसाइकल गुडे पनि नगुडे पनि न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन गरिने उनले बताए । मोटरसाइकल खरीदमा हेलमेट, बाइक कभर र रेनकोट पनि निःशुल्क दिइने उनले बताए ।