बेलबारीः शनिबार राति मोरङको कानेपोखरी–७, बरगाछीमा रहेकोे जनमुखी बचत तथा ऋण सहकारी संस्थाको ५ लाख २६ हजार ५ सय ५१ रुपैया चोरी भएको प्रहरीले जनाएको छ । भुइँ तलामा रहेको कार्यालयको पूर्वतर्फको झ्यालको पल्ला र ग्रील भत्काएर सेफ फुटाई रकम चोरी गरेको सहरकारीका उपाध्यक्ष हरि कोइरालाले बताए ।

अघिल्लो दिन बचत गरेको रकम हिसाबकिताब बुझाउनका लागि बचत परिचालक रमेश शिवाकोटीले आइतबार बिहान ७ बजे संस्था खोल्दा तोडफोड भएको देखेपछि पदाधिकारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीको टोली बिहानै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ ।

chori 1 janamukhi sacos kanepokhari morang chori 3