खोटाङःखाेटाङकाे एक विद्यालयमा प्रधानाध्यापकलाई विद्यालय बनाउँदा ९ लाख रूपैया हिनामिना गरेको अाराेप लागेको छ । अाराेप लाग्नेमा जिल्लाको खाेटेहाङ गाउँपालिका ७ खोटाङ बजारको भवती माविका प्रअ कुमार पराजुली हुन् ।

ऊनलाई विद्यालयको ४८लाख लागतको भवन बनाउँदा रकम दुरुपयोग गरेको अनुसन्धानको प्रतिवेदनको निष्कर्ष रहेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा बनेको भवनको स्रोत दुरुपयोग गरेको समितिको ठहर छ । समितिले धेरै पटक खर्च सार्वजनिक गर्न आग्रह गर्दा समेत बेवास्ता गर्नेगरेकाे बताएको छ ।

भवन निर्माणको काम २०७४ चैतमा सम्पन्न भएको थियो । तर, लामो समय वितिसक्दासमेत हिसाब क्लियर नगरको भन्दै समितिले ताकेता गरेको थियो । जिल्ला शिक्षा कार्यालयबाट आर्थिक वर्ष २०७२–०७३ कार्यक्रममा परेको भवन निर्माणका क्रममा शिक्षा कार्यालय र विद्यालयको आन्तरिक श्रोतको रकममा चरम दुरुपयोग भएको प्रतिवेदन आएको हो ।

समितिले बनाएको प्रतिवेदन गत साउन ३१ मा सार्वजनिक गरेपछि पराजुलीले अनियमितता गरेको पुष्टि भएको हो । यो कुरा बाहिर आएपछि स्थानीय एवंम बुद्दिजिविले भ्रष्टाचार विरुद्ध दबाब दिएका छन् । उनीहरूले प्रअ पराजुलीको राजनीनामा समेत माग गरेका छन् ।

स्थानीय जगत बस्नेतले भने 'विद्यालय जस्तो पवित्र संस्थाको नेतृत्व लिने व्यक्तिले संस्थालाई नोक्सानी पुर्‍याउनु गम्भीर अपराध हो, ऊनलाई तुरुन्त राजीनामा गराइ क्षति भर्पाइ गराउनुपर्छ ।'

पराजुलीले स्टीमेट बीलकाे आधारमा लाखाैँकाे काम गराएका छन् । तर अहिले सम्म धेरै बिल क्लियरेन्स नगरेको र हिसाब नमिलाएको भन्दै उनिमाती अाराेप लागेको हो ।

अाराेपित पराजुलीले भने बिल आउने क्रम जारी रहेको हुँदा अाँफुलाइ सुनियोजित रूपमा फसाउन प्रपञ्ज रचिएको प्रतिक्रिया दिएका छन् ।