इटहरीः भावनामा बगेर गरिएको व्यापारभन्दा तथ्य र तर्कमा गरिएको व्यवसाय सफल हुने व्यापार क्षेत्रमा स्थापित भएकाहरूले भन्दै आएका हुन् । व्यापार गर्नु अगाडि व्यापार गर्ने क्षेत्रका अनेकौँ तथ्य र तथ्याङ्कगत जानकारी हुनैपर्छ । व्यापार गर्ने क्षेत्रको आर्थिक, सामाजिक, मानवीय तथा बैक तथा वित्तीय संस्थाको तथ्यगत कुरा याद गरेर व्यवसाय गर्दा धेरै सहज हुन सक्छ ।
नेपाल इन डाटाले सङ्कलन गरेको प्रदेश १ को व्यापार गर्न आवश्यक १० शीर्षकका तथ्याङ्कहरू यस्ता छन्ः

१. आर्थिक स्थिति
– प्रदेश १ को कुल गार्हस्थ उत्पादन ५२ करोड ५० लाख ९४ हजार छ
– नेपालको कुल प्रदेशगत गार्हस्थ उत्पादनको प्रदेश १ को हिस्सा १७ दशमवल ५ प्रतिशत रहेको छ ।
– प्रतिव्यक्ति आय १ हजार २४ अमेरिकी डलर छ । यो रकम आजको १ डलर बराबर नेपाली १ सय १४ दशमलव १८ रुपैयाँका दरले १ लाख १६ हजार ९ सय २० रुपैयाँ हुन्छ ।
– नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २१ दशमलव ५, १६ दशमलव ८ र १३ दशमलव ६ रहेको छ ।

२. सामाजिक स्थिति
– साक्षरता दर ६५ दशमलव ३ छ
– गरिबी दर १६ प्रतिशत छ
– औसत आयु ६८ दशमलव ५ वर्ष रहेको छ
– विद्युत र खानेपानी सुविधा प्राप्त घरधुरी क्रमशः ६६ दशमलव १ र ६८ दशमलव ४ रहेका छन् ।
– मानव विकास सूचकाङ्क ० दशमलव ५०४ रहेको छ

३. मुख्य औद्योगिक उत्पादनहरू
– हाते कागज
– भेनियर
– चिया
– इँटा
– पाउरोटी
– चामल
– सिमेन्ट
– कार्पेट
– लुगा
– प्लास्टिक
– साबुन

४. बैंक, वित्तीय संस्था तथा सहकारीको अवस्था
– वाणिज्य बैंकका ४ सय ६ वटा शाखाहरू छन् ।
– विकास बैंकका १ सय १३ वटा शाखाहरू छन् ।
– वित्त कम्पनीका शाखाहरू ३८ वटा छन् ।
– प्रतिशाखा प्रदेशको जनसङ्ख्या दर ८ हजार ३ सय ३७ रहेको छ ।
– ९४ प्रतिशत स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरू उपलब्ध छन् ।
– ५ हजार १ सय ४४ वटा सहकारी संस्थाहरू र १० लाख ४३ हजार ६४ जना सहकारीका सदस्यहरू छन् ।
– देशको कुल निक्षेप र कर्जाको प्रतिशत क्रमशः ६ र १२ प्रतिशत रहेको छ ।

५. उच्च तथा प्राविधिक शिक्षाको स्थिति
– प्रदेशमै भएको विश्वविद्यालय सङ्ख्या एउटा छ ।
– विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूको सङ्ख्या १ सय ९६ रहेको छ ।
– सिटिइभिटीबाट मान्यता प्राप्त लामो तालिम दिने संस्थाको सङ्ख्या ७५ र यी संस्थाहरूको पहुँच २८ वटा स्थानीय तहमा पुगेको छ ।
– सिटिइभिटीबाट मान्यता प्राप्त छोटो तालिम दिने संस्थाको सङ्ख्या १ सय ५३ रहेको छ भने यसको पहुँच ३१ स्थानीय तहमा पुगेको छ ।
– उच्च शिक्षामा भर्ना भएका छात्राहरू २३ हजार ४ सय ९१ जना छन् भने छात्रहरू १७ हजार ८ सय ५९ जना छन् ।
६. नगदेबालीको स्थिति
– ४३ हजार ६८ मेट्रिक टन तोरी,
– २४ हजार २ सय ६ मेट्रिक टन चिया
– ८ लाख २७ हजार ४ सय १ मेट्रिक टन आलु
– ४ लाख ३ हजार ६ सय ३३ मेट्रिक टन चिनी
– १ हजार १ सय ३७ मेट्रिक टन सूर्ति
– ६ हजार ६४ मेट्रिक टन अलैंची

७. फलफूल उत्पादनको स्थिति
– ७८ हजार ९ सय ८० मेट्रिक टन केरा
– ४१ हजार ३ सय ९१ मेट्रिक टम आँप
– १४ हजार १ सय ५६ मेट्रिक टन सुपारी
– ४ हजार ९ सय ७३ मेट्रिक टन नरिवल
– ८ हजार ६ सय ३८ मेट्रिक टन लिची ।

८. भौतिक पूर्वाधारको स्थिति
– सञ्चालनमा रहेका विद्युत आयोजनाको क्षमता १ सय २३ दशमलव ५ मेगावाट
– निर्माणाधीन विद्युत आयोजनाको क्षमता ७ सय ६५ दशमलव ४ मेगावाट
– कुल सडक क्षेत्र १४ हजार ८५ किलोमिटर
– कालोपत्रे सडक १ हजार ३ सय ८२ किलोमिटर
– २ हजार ८ सय १३ किलोमिटर ग्राभेल सडक
– ९ हजार ८ सय ८८ किलोमिटर कच्ची सडक
– प्रति किलोमिटर सडक पुगेको जनसङ्ख्या ३ सय २२

९. एयरपोर्टको स्थिति
– हब एयरपोर्टको रूपमा विराटनगर
– अन्य एयरपोर्टको रूपमा झापासँगै ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, इलाम, सोलखुम्बु, खोटाङ र ओखलढुङ्गामा निममित उडान सञ्चालन हुने एयरपोर्टहरू छन् ।

१०. अन्तर्राष्ट्रिय व्यापारिक नाका तथा विशेष आर्थिक क्षेत्रको अवस्था
– भारतसँग जोडिएका विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय, पशुपतिनगर भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय आदि ।
– चीनसँग जोडिएका ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालय र सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालय
– विशेष आर्थिक क्षेत्रहरूमा मोरङ र झापामा विशेष आर्थिक क्षेत्रहरू रहेका छन् ।