बेलबारीः पूर्वाञ्चल आइसक्रिम पार्लरको छैटौं शाखा बेलबारीमा खुलेको छ । पश्चिम बसस्टेन छेउमा पूर्वाञ्चल क्याफे नाम दिएर शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो ।

इटहरी, खनार, दमक, बिर्तामोडपछि सो पार्लरको शाखा बेलबारीमा खुलेको हो । दमकमा २ ओटा शाखा रहेका छन् । आइसक्रिम, मम, थुक्पा चाउमिन परौठा जस्ता शाकाहारी आइटमका खानेकुरा पाइने क्याफेका ब्रान्ड म्यानेजर हेमन्त दंगालले बताए ।

दंगालका अनुसार उक्त क्याफेमा शाकाहारी आइटमका खानेकुरासँगै अफ्नै ब्रान्डका बेकरी आइटम पाइन्छ । २५ लाखको लगानीमा एक पटकमा ३२ जनाको क्षमताको क्याफे सञ्चालन गरिएको उनले बताए ।

‘एक स्टेसन, एक पूर्वाञ्चल आइसक्रिम पार्लर’ भन्ने उद्देश्यका साथ उर्लाबारी र पथरीमा चाँडै शाखाा सञ्चालनमा ल्याइने उनले बताए । इटहरीदेखि काँकरभिट्टासम्मका सबै स्टेसनमा शाखा कार्यालय सञ्चालन गरिनेसमेत उनले बताए ।

श्रमिकदेखि मालिकसम्मका सबै वर्गका ग्राहकलाई एउटै व्यवहार गरेर कम्पनी अगाडि बढिरहेको समेत उनले बताए । 

purbanchal ice cream belbari (1)