धरानः दशंै अफरसहित यामाहाको महामेलामा दुई दिनमा १ करोड भन्दा बढीको कारोबार भएको छ ।
यामाहा कम्पनीको आधिकारिक बिक्रेता धरानस्थित विजयपुर टे«डर्स र मोरङ अटो वर्कको संयुक्त आयोजनामा धरानमा मङ्गलबार शुरु भएको यामाहा महामेलामा दुई दिनमा १ करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको विजयपुर टे«डर्सका सञ्चालक प्रभाव खतिवडाले बताए । उनका अनुसार महामेलामा ५४ ओटा मोटरसाइकल र स्कुटरको कारोबार भएको छ । ४० ओटा एक्सचेन्ज अफर र बाँकी नगदमा कारोबार भएको उनले बताए । नयाँ सवारी खरीदका लागि ८ ओटा मोटरसाइकल बुकिङ भइसकेको उनले जानकारी दिए ।
भदौ २० गतेसम्म सञ्चालन हुने महामेलामा ग्राहकका लागि विभिन्न स्किमसमेत ल्याइएको छ । महामेलामा मोटरसाइकल एक्सचेन्ज, पुरानो मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट मूल्याङ्कन, नयाँ मोटरसाइकल खरीदमा खरीदस्थलमै फाइनान्सको सुविधा, फ्रि एक्सोसिरिज, फ्रि चेकअप क्याम्पलगायतको सुविधा दिइएको छ । महामेलामा यामाहा मोटरसाइकलका १०, स्कुटरका ४ मोडेलहरू छुटसहित बिक्री र एक्सचेञ्ज अफरसहित राखिएका छन् ।
मेलाको अवसरमा नयाँ सवारी खरीद गर्न आउने ग्राहकले १५ हजार रुपैयाँसम्म स्क्र्याच उपहार पाएका छन् । प्रत्येक मोटरसाइकल खरीदमा न्यूनतम ७ हजारदेखि १ लाख रुपैयाँसम्म लक्की ड्र मार्फत छुट प्राप्त गर्न सकिने खतिवडाले जानकारी दिए ।
महिला ग्राहकलाई लक्षित गरी निःशुल्क मेहन्दी, नेल आर्ट लगायतको सुविधा समेत प्रदान गरिएको छ । मेलामा प्रत्येक मोटरसाइकल खरीदकर्तालाई हेल्मेट, लेगार्ड रेनकोट, बाइक कभर, ब्याग निःशुल्क प्रदान गरिने बताइएको छ ।