बिर्तामोडः प्रधानमन्त्रीको गृह नगर दमकमा रहेको दमक उद्योग वाणिज्य सङ्घको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार अध्यक्षमा संयुक्त लोकतान्त्रिक समूहका उम्मेद्वार गोकुल श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले प्रगतिशील समूहका उम्मेद्वार विमल खतिवडालाई पराजित गर्दै १ हजार ४ सय ११ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी खतिवडाले ९ सय १६ मत प्राप्त गरे ।
लोकतान्त्रिक समूहले अध्यक्षसहित विभिन्न ११ पदमा जीत हात पारेको छ । सत्तारुढ नेकपाको प्रगतिशील समूहले भने एक पदाधिकारी र लेखा संयोजकसहित १० ओटा पद जितेको छ । अध्यक्ष, लेखा संयोजकसहित विभिन्न २१ पदमा दुई स्वतन्त्रसहित ४४ जना उम्मेद्वार निर्वाचनमा प्रतिष्पर्धी थिए ।
वरिष्ठ उपाध्यक्षमा १ हजार २ सय ७६ मत ल्याएर प्रगतिशीलका गोपाल गुरागाईँ विजयी भए । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुरज आचार्यले १ हजार २१ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा लोकतान्त्रिककै राजु खड्काले १ हजार २ सय ९ मत प्राप्त गरेर विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रगतिशीलका युवराज घिमिरेले १ हजार ७३ मत प्राप्त गरे । द्वितीय र तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै क्रमशः राजकुमार योङ्हाङ र रमा लिम्बू विजयी भए ।
यसैगरी, खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुषमा निरौला (११३६) र प्रगतिशीलकी लक्की सिटौला (९७९) विजयी भए । वस्तुगततर्पm लोकतान्त्रिक समूहबाट २ जना र प्रगतिशीलबाट ३ जना विजयी भएका छन् । लोकतान्त्रिकबाट मोहन ढकाल र रुबल अधिकारी विजयी भए । प्रगतिशीलका गायत्री पौडेल, राजेश अधिकारी र दिनेश सुवेदी विजयी भए ।
६ खुला सदस्यतर्फ लोकतान्त्रिकका चन्द्र खत्री, तुलसीराम तिम्सिना र नवीन अग्रवाल विजयी हुँदा प्रगतिशीलका असीम राई, भरतकुमार चम्लागाईँ र राजकुमार थापा विजयी भए ।
लेखा संयोजकमा प्रगतिशीलका खोमप्रसाद वाग्ले तथा लेखा सदस्यमा लोकतान्त्रिकका कृष्णराज दाहाल र प्रगतिशीलका मोहन मगर मिनले ११ सय ९ मत प्राप्त गरी विजयी बने विजयी भए ।
३ वर्षे कार्यकालको लागि भएको निर्वाचनमा २ हजार ६ सय ८० मतदाता मध्ये २ हजार ३ सय ३० मत खसेको थियो । निर्वाचनमा सत्तारुढ नेकपा निकट प्रगतिशील र नेपाली कांग्रेससहितका साना दलको संयुक्त लोकतान्त्रिक व्यवसायी समूह प्रतिष्पर्धामा थिए ।