उर्लाबारीः मोरङको उर्लाबारी–७ स्थित महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार भएको साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरी, ज्येष्ठ शेयर सदस्यलगायतलाई सम्मान गरिएको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संस्था मोरङका उपाध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाकी अध्यक्ष सर्सू गुरुङको सभापतित्वमा भएको थियो ।
संस्थाकी सचिव पूजन परियारले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लीलादेवी भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाले गत आर्थिक वर्षमा ६६ लाख ३३ हजार १ सय ४२ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।