इटहरीः इटहरीस्थित तिरुपति अटो सिटीले असोज १ देखि ‘दशै एक्स्चेन्ज मेला’ आयोजना गर्ने भएको छ । यामाहा कम्पनीको आधिकारिक विक्रेता तिरुपतिले यो मेलामा भने जस्तोसुकै अवस्था र कम्पनीको बाइक एक्स्चेन्ज गर्ने जनाएको छ ।
निकै पुरानो बाइकलाई समेत न्यूनतम ३० हजार रुपैयाँ मूल्याङ्कन गर्ने योजनाका साथ ५ गतेसम्म एक्सचेन्स अफर चल्ने बताइएको छ । साथै बाइकको मूल्याङ्कन गर्दाको रकम भन्दा १५ हजार बढी प्लस गरेर नयाँ बाइक किन्ने अफर ल्याइएको तिरुपति सिटीका प्रबन्ध निर्देशक संयोग पराजुलीले जानकारी दिए ।
मेलामा न्यूनतम ७ हजारदेखि १ लाखसम्मको स्क्र्याच कुपनसमेत समावेश गरिएको छ । यस्तै प्रत्येक दिन एक जनालाई १ लाख रुपैयाँको लक्की ड्र समेत गरिने भएको छ ।
मेलामा यामाहाका बाइक तथा स्कुटरसँग फोटो सुट समेत राखिएको छ । जसमा सबैभन्दा बढी लाईक र कमेन्ट आउने एक जनालाई आइफोन एक्सएस सेट प्रदान गरिने पराजुलीले बताए ।