इटहरीः पारस अटो मोबाइलले दशैंको अवसर पारी असोज २ गतेदेखि ८ गतेसम्म टीभीएस मेघा एक्सचेन्ज अफर ल्याएको छ ।

दशैंको दौड नाम दिइएको सो अफरअन्तर्गत एक्सचेन्ज अफरमा ल्याएको सवारी गुडे पनि नगुडे पनि न्यूनतम ३० हजार रुपैयाँ मूल्याङ्कन गरिने पारस अटोमोबाइल्सका इटहरीका सञ्चालक लीला लुइँटेलले बताए ।

त्यस्तै, सवारीको थप मूल्याङ्कन १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म गरिने उनले बताए । सवारी किन्नुअघि घरमै बसी कम्पनीको वेबसाइट डब्लुडब्लुडब्लु टीभीएस नेपाल डट कम दशैंमा गई १ लाखसम्म जित्न सकिने पनि उनले बताए । त्यस्तै, शोरुममा गई सवारी किनेपछि स्क्र्याच कुपनमार्फत् शतप्रतिशत क्यासब्याक अफर रहेको पनि उनले बताए ।

नयाँ सवारी किन्दा टीभीएस हेलमेट, टीभीएस बाइक कभर र टीभीएस ब्याग निःशुल्क पाइने उनले बताए ।