धरानः नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी धरानमा अर्गानिक खाजाघर बिहीबारदेखि सञ्चालनमा आएको छ ।

धरान–१८ स्थित बुद्धचोकमा लालबाबु शाहले अर्गानिक खाजाघर सञ्चालनमा ल्याएका हुन् । खाजा घरको वडाअध्यक्ष प्रवीण राईले उद्घाटन गरेका छन् । अर्गानिक उत्पादन रहेको माछामासुकै परिकार पाइने रिया सेकुवा एण्ड माछाघर सञ्चालनमा आएको सञ्चालक शाहले जानकारी दिए ।

करीब १० लाख रुपैयाँको लागतमा सञ्चालन आएको रिया खाजाघर वडाकै पहिलो अर्गानिक खाजाघरको रूपमा रहेको छ । खाजा घरमा विशेष गरी बट्टाइ, माछा, परेवा, हाँस, लोकल कुखुराको परिकार पाइने शाहले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष राईले मिहिनती र परिश्रमी युवालाई स्थानीय तहमै रोजगारी सिर्जना गर्न वडाले सक्दो सहयोग गर्ने बताए । लामो समय डेन्टल प्राविधिकको रूपमा काम गर्दै आएका शाहले फरक पेशा अँगाल्न थालेकाले वडामै रोजगारी सिर्जना गर्न मद्दत पुगेको उनले बताए ।

उद्घाटनको अवसरमा हरेक परिकार तथा पेय पदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको शाहले जानकारी दिए ।