ताप्लेजुङः एशियन लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले पुराना अभिकर्तालाई सम्मान गरेको छ ।

जिल्लास्थित क्रियाशील तथा पुराना १२ जना अभिकर्तालाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सदरमुकाम फुङलिङमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्मान गरिएको ताप्लेजुङ शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए । सम्मान तथा पुनर्ताजगी कार्यक्रममा नयाँ अभिकर्ता समेत सहभागी थिए ।

सो कार्यक्रममा इलाम शाखा प्रबन्धक गणेश तिम्सिनालगायतको उपस्थिति रहेको थियो । ताप्लेजुङमा मात्रै एशियन लाइफ इन्स्योरेन्समा बीमा गराउने ४ सय बढी रहेको बताइएको छ ।