उर्लाबारीः मोरङको उर्लाबारी–७ मा रहेको दियालो कृषि सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उर्लाबारी पार्टी प्यालेसमा भएको साधारणसभा जिल्ला सहकारी सङ्घ मोरङका उपाध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सचिन शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभामा उर्लाबारी–७ का अध्यक्ष वीरबल थापा, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रीतम खड्गीलगायतले बोलेका थिए ।

प्रमुख अतिथि कोइरालाले साधारणसभामा सहकारीका शेयर सदस्य पछिल्लो समय संस्थाको विषयमा भन्दा भत्तामा केन्द्रित हुन थालेको भन्दै चिन्ता ब्यक्त गरे । उनले शेयर सदस्यले संस्थाले एक वर्षमा गरेका गतिविधिमा सुझाव र सल्लाह दिनेभन्दा पनि भत्ता लिएर घर गइहाल्ने प्रवृत्तिले संस्था मजबुत नहुने बताए । उनले यसको सुधारका लागि सहकारी संस्था गम्भीर भएर लाग्न सुझाव दिए ।