इटहरीः एनसेलले इटहरी उपमहानगरपालिकालाई १२ लाख ९८ हजार रुपैयाँ कर तिरेको छ ।

टावर र एनसेल सेन्टरको बहालकर र व्यवसाय कर गरी १२ लाख ९८ हजार ८ सय ४९ रुपैयाँ कर तिरेको राजस्व परामर्श समिति इटहरी उपमहानगरकी संयोजक उपमेयर लक्ष्मी गौतमले बताइन् ।

इटहरीमा एनसेलका २८ ओटा टावर छन् । कर शाखाका अर्जुन सुवेदीका अनुसार टावर राखेको र एनसेल सेन्टरको बहालकर बक्यौता समेत गरी ५ लाख २३ हजार ८ सय ४९ रुपैयाँ कर तिरेको छ ।

यसैगरी, आर्थिक वर्ष ०७६÷७७ को टावर राखेबापतको व्यवसाय कर ७ लाख र एनसेल सेन्टरको व्यवसाय कर ७५ हजार गरी १२ लाख ९८ हजार ८ सय ४९ रुपैयाँ कर एनसेलले तिरेको हो ।