इटहरीः सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गतेबाट १ सय २ औं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

सो सेवाको उद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टङ्कबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष कुमार राई तथा वडा नम्बर १ का अध्यक्ष विष्णुकुमार भुजेलले गरेका थिए ।

हेलौंछामा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप सङ्कलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने बताइएको छ ।