धरानः धरानको बगरकोटमा पहिलो पटक बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ ।

सो बारको धरान–१५ का अध्यक्ष नरेश इवारमले उद्घाटन गरेका छन् । बिहान १० बजेदेखि राती साढे १० बजेसम्म सञ्चालन हुने सो लाउन्जको असोज २१ गतेसम्म उद्घाटन समारोह रहने बताइएको छ ।

उद्घाटनको अवसरमा सबै सेवाहरूमा १० प्रतिशत छुट रहेको लाउन्जका व्यवस्थापक शुक्र मेन्याङ्बोले जनाए । पूर्ण पारिवारिक वातावरण तथा सुरक्षाको पूर्ण प्रत्याभूति रहेको उक्त लाउन्जमा साँझ ६ बजेदेखि साढे १० बजेसम्म पूर्वेली तथा पश्चिमेली लोक भाकाहरूको प्रस्तुति हुने उनले बताए ।

विशेषगरी माछाको परिकार, पिज्जा साथमा मौलिक परिकार र अर्डरअनुसार सबै प्रकारको खानेकुरा पाइने उनले बताए । बगरकोटभर सबैभन्दा सस्तो दरमा सबै प्रकारको पेय पदार्थसमेत उपलब्ध रहेको मेन्याङ्बोले खुलाए ।

१ कठ्ठा १५ धुर क्षेत्रफल रहेको लाउन्ज १० लाखको लागतमा शुरू गरिएको लाउन्जका प्रबन्ध निर्देशक नरेन्द्र इवारमले बताए । १२ जना सञ्चालकहरूको साझेदारीमा शुरू भएको लाउन्जको संस्थापक अध्यक्ष तथा संरक्षक अकलबहादुर मेन्याङ्बो रहेका छन् । हाल ३२ जना कर्मचारी र ७ जना कलाकारहरू यहाँ कार्यरत रहेका छन् ।

सुरक्षाको लागि सीसी क्यामेरा, सुरक्षागार्ड र बाउन्सर रहेकाले पूर्ण सुरक्षा हुने कुरामा सञ्चालक इवारमले विश्वास दिलाए । नियमित रूपम ७ जना कलाकारले लोकदोहोरी प्रस्तुत गर्ने र विभिन्न अवसरहरूमा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसमेत राखिने उनले बताए ।