उर्लाबारीः मोरङको उर्लाबारीमा युनियन लाइफ इन्स्योरेन्सको शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

बुधबार कम्पनीका प्रदेश प्रमुख भूपराज पराजुली र उपप्रमुख सुशील चापागाईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । १ सय ७१ औं शाखाको रूपमा उर्लाबारीमा युनियन लाइफको शाखा खुलेको शाखा प्रमुख मिलन पौडेलले जानकारी दिए ।

सो कम्पनीको प्रदेश नं. १ मा २८ ओटा शाखा खुलिसकेको बताइएको छ । देशभरमा ३० हजार भन्दा बढी बीमा अभिकर्ताहरू रहेको प्रदेश प्रमुख पराजुलीले जानकारी दिए ।