इटहरीः एनआईसी एशिया बैंकले दशैंको बिदाका दिनमा समेत बैंकका देशभर रहेका विभिन्न शाखा खुला रहने जनाएको छ ।

असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्रका ८ ओटा तथा उपत्यका बाहिर ४ ओटा शाखा खुला रहने जनाएको छ । जसमा पूर्वका शाखा भने परेका छैनन् ।

१९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र ५ ओटा तथा उपत्यका बाहिर १४ शाखा खुला रहने जनाएको छ । जसमा पूर्वका विराटनगर, इटहरी र दमक शाखा खुला हुने भएका छन् ।

असोज २० गते नवमीका दिन उपत्यकाका ४ ओटा तथा उपत्यकाबाहिर १४ ओटा शाखाबाट सेवा पाइने भएको छ । जसमध्ये पूर्वका विराटनगर, धरान र चारपाने शाखा खुला हुने भएका छन् ।

असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र ५ ओटा तथा उपत्यकाबाहिर ४ ओटा शाखा खुल्दा पूर्वका शाखा भने नखुल्ने भएका छन् ।

पूर्वका शाखा बिहान ११ बजेदेखि अपराह्न्न २ बजेसम्म खुला हुने र ती शाखाबाट नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने बैंकले जनाएको छ ।