साताको शेयर बजार स् दुई अर्ब ३९ करोडको कारोवार

  • पुस १९, २०७६
  • १०२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt


इटहरीः धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए । बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको बेला साताभर रु दुई अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ बराबरको कारोवार भयो ।

साताको पहिलो दिन आइतबार कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४।९९ विन्दुले ओरालो लागेर एक हजार १६२।४३ मा पुग्यो ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरीद बिक्री भए । सोमबार नेप्से परिसूचक साढे पाँच अङ्कले बढ्यो । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरीद–बिक्री भए ।

सोमबार साढे पाँच अङ्कले बढेको नेप्से मङ्गलबार भने झिनो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १।९२ विन्दुले घटेर एक हजार १६६।०३ मा पुग्यो । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरीद–बिक्री भए ।

बुधबार कूल १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता शेयर रु ३७ करोड ९९ लाख ८८ हजार ३०१ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । नेप्से ३।२९ अङ्कले घटेर एक हजार १६६।२१ मा पुग्यो । परिसूचक घटे पनि कारोवार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार त्यस दिन १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरीद बिक्री भए ।

साताभर विभिन्न दुई कम्पनीको शेयर स्टकमा सूचीकृत भए । त्यसमा हिमालयन बैंकको ऋणपत्र २५ लाख ६९ हजार १०४ सूचीकृत भयो । यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख चार हजार कित्ता शेयर सूचीकृत भएको छ ।

बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक र कृषि विकास बैंक क्रमशः शीर्षस्थानमा रहे ।
–––

प्रतिक्रिया दिनुहोस

सोलुखुम्बुमा मदन स् ...

सोलुखुम्बुः तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता सोलुखुम्बुमा मंगलबारबाट शुर ...

सडक कालोपत्र भए ...

सुरुङ्गाः  बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरिङखोलाको किनारसम्म सडक का ...

काेशीमा जेटवाेट बन् ...

इटहरीः फागुन १ गते देखि बन्द भएकाे सप्तकाेशी नदीकाे जेटवाेट अझै सुचारू हुन सकेकाे छैन । स्थानीयकाे अ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved