धरानः एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा संचालित खानेपानी परियोजना कार्यान्यवन गर्न खानेपानी संस्थान र धरान खानेपानी बोर्ड बिचको आन्तरिक द्वन्दका कारण पानी उत्पादन भए पछि वितरण गर्न सकेको छैन् । धरानमा पानीको अभाव शुरु भए संगै धराने जनताहरु आन्दोलित भएका छन् ।
सोमबार धरान वडा नम्बर ९ का जनप्रतिनिधीको नेतृत्वमा धरान खानेपानी संस्थानको कार्यालय घेराउ गर्दै २ घण्टा धर्ना दिएका छन् । समयमा पानी छाडौं, कृतिम अभाव सिर्जना नगरौं, पानीको राजनीति बन्द गरलगायतका प्लेकार्ड बोकेर स्थानीयबासी संस्थान पुगेका थिए । संस्थानले कृत्रिम खानेपानी अभाव सृर्जना गरेर निजी ट्यांकर व्यवसायी र पानी उत्पादक उद्योगहरुसँग कमिशन लिइरहेको स्थानीयको आरोप आरोप छ ।
वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कटवालको नेतृत्वमा खाली गाग्री, गिलेन बोकेर ¥याली सहित वडाबासीहरु संस्थान घेराउ गर्न पुगेका थिए । त्यसक्रममा केहीबेर संस्थान परिसर तनावग्रस्त पनि बन्यो । वडाबासीहरुले संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठलाई घेराउ गर्दै आक्रोश पोखेका थिए ।
एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा खानेपानी परियोजना संचालनमा खानेपानी संस्थानको सम्पत्ति र दायित्व धरान खानेपानी बोर्डमा आउनुपर्ने हो तर संस्थानको सम्पत्ति र दायित्व हस्तान्तरणमा विवाद बढ्दै जादा निकास नपाए पछि धरानमा खानेपानीको अभाव बढ्दै गएको हुँदा धरानवासीहरु आन्दोलित भएका छन् ।
संस्थान अन्र्तगतका सम्पत्ति र दायित्व बोर्डमा दाखिला गर्न एक वर्ष अघि नै मन्त्रालयबाट निर्देशन समेत आइसकेको छ । तर संस्थानका कर्मचारीले अटेर गरे पनि बोर्ड अन्र्तगत आउन सकेको छैन् । बोर्डमा संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तण भए संस्थानमा रहेको पाइपलाईन, पानी टंकी समेत बोर्डले उपभोग गर्न सक्ने थियो । तर संस्थानले सम्पत्ति उपयोग गर्न नसक्दा खानेपानी पर्याप्त उत्पादन भईरहे पछि धराने जनताले अभाव भोग्नु परेको छ ।
एडिबी र खानेपानी संस्थानबीच जुँगाको लडाइले धरानले पर्याप्त पानी पिउन नसकेको र चेतावनीस्वरुप तालाबन्दी गर्नुपरेको वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।
धरान खानेपानी बोर्ड र एडिबीबीचको द्वन्द्वले धरानेले खानेपानी पिउन नपाएको वडाअध्यक्ष कट्वालले बताए । उनले भने, जसरी भए पनि सहज रुपमा पानी पिउन पाउन भन्ने हाम्रो माग हो, जनतालाई काकाकुल पारेर संस्थानले पानी बेचिरहेको छ ।’ पानीको सट्टामा रगत पिउनु पर्ने अवश्थामा संस्थानले ल्याएको उनको आरोप छ ।
भोलीदेखि वडाका जनप्रतिनिधिहरुले २ घण्टा संस्थानमा धर्ना दिनुका साथै संस्थानलाई पानीको महशुल पनि नतिर्ने घोषणा गरेका छन् । संस्थानले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेको छैन् ।
वडा कार्यालयले अबदेखि संस्थानलाई शुल्क नतिर्न पनि वडाबासीहरुलाई आग्रह गरेको छ । पर्याप्त पानी आउने वातावरण नभएसम्म वडा कार्यालयले नै पैसा बुझ्ने र जरिवाना तिर्नुपर्ने भए वडाले नै जिम्मा लिने जनाएको छ ।दिन बिराएर पानी वितरण गर्दै आएको बताए पनि धारामा पानी नआएर स्थानीयले दुःख पाइरहेका छन् ।