इटहरी: सुनसरीको तित्रिबनमा बस र हाईस गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । घट्ना स्थालमा ३ जनाको मृत्यु भयो भने उपचारको क्रममा एक जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । चन्द्रगढीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ३१५७ न. को हायस र पोखराबाट काकडभिट्टा तर्फ आउदै गरेको ना ६ ख ७९५ न. को बस आइतबार बिहान करिब ७ः ३० बजे आपसमा ठक्कर खाएको हो ।
दुर्घटनापरी मृत्युमा झापा भद्रपुर ८ घर भई हाल काठमाण्डौ २३ बस्ने बर्ष ७५का हेमराज कोईराला उनकी श्रीमती डोलमाया ६५ वर्षीय डोलमाया कोईराला, हाइस चालक धादिङ जिल्ला बैरेनी ३ बस्ने बर्ष २८ का दिपक खड्काको घट्नास्थलमै मृत्यु भएको हो । बाँकी १ जना भक्तपुर बस्ने बर्ष १७ कि गरिमा गौतमको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश नम्बर एक ट्राफिक प्रहरी कार्यलय इटहरीले बताएको छ ।
घाइतेहरु हुने हरुमा मोरङ सुन्दरहरैंचा ९ बस्ने बर्ष २९ कि रबिना चौहान, दमक नपा. ३ बस्ने बर्ष ३० का बम बहादुर बस्नेत, झापा भद्रपपुर बस्ने बर्ष १२ का बिन्यास काफ्ले, मोरङ पथरी ३ बस्ने बर्ष ४९ का डिल्लिराम बासकोटा, भद्रपुर १० बस्ने बर्ष ४१ कि तारा कुमारी राय, भद्रपुर ३ बस्ने बर्ष ३८ कि माया काफ्ले, झापा बस्ने बर्ष ३५ कि साबित्रा राई, सहचालक सोलु बस्ने बर्ष २३ का केदार बस्नेत, झापा कचनकवल गाउँपालिका २ बस्ने बर्ष २५ का श्रीकृष्ण चौहान, काठमाण्डौ अनामनगर बस्ने सुधिर श्रेष्ठकी छोरी बर्ष ७ कि अग्रता श्रेष्ठ, काठमाण्डौ अनाम नगर बस्ने बर्ष २८ कि रमुना श्रेष्ठ, झापा धरमपुर ९ बस्ने बर्ष ३७ का होम बहादुर दर्जी, झापा भद्रपुर १० बस्ने बर्ष ४५ का टंक प्रसाद काफ्ले रहेको र उनीहरुको बिभिन्न अस्पतालमा उचार भईरहेको प्रहरीले बताएको छ । घाइते मध्ये होम बहादुर दर्जी र टंक प्रसाद काफ्लेको अबस्था गम्भिर रहेको नम्बर एक ट्राफिक प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ ।
बस चालक बिराटनगर १२ बस्ने बर्ष ४८ को तारा बहादुर राइलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।