इटहरी: इटहरी २ आपँगाछीमा रहेको मझेरी रेस्टुरेन्टले आज (बुधबार) आफ्नो दोश्रो बार्षिकउत्सव मनाएको छ ।

वि.स. २०७४ माघ २२ गते रबिन बस्नेत, गोबिन्द आचार्य, आभाष सिवाकोटी,र प्रकाश बस्नेतको सयूक्त लगानीका खोलिएको रेस्टुरेन्टले छोटो अबधिमा ग्राहकको मन जित्न सकेको सञ्चालक मध्येका एक आभाष सिवाकोटीले बताए । इटहरी क्षेत्रमा पारिवारिक, शान्त र सुन्दर वाताबरण भएको रेस्टुरेन्टको कमीलाई ध्यान दिएर चार जनाको सयुक्त लगानीमा खोलिएको उक्त रेष्टुरेन्टले अहिले २४ जनालाई प्रत्यक्ष रोजगारी दिई रहेको छ । अबको केही समयमा मझेरी रेस्टुरेन्ट बेकरी क्याफे संचालनमा ल्याउने तयारी गरिएको रेस्टुरेन्टले बताएको छ ।
कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेल, इटहरी होटल ब्यावसायी संघका अध्यक्ष जिवन पराजुली, गोरखा डिपाटमेन्ट स्टोरमा संचालक बलराम आचार्य तथा पत्रकार लगायत अन्य महानुभावको उपस्थित रहेको थियो ।

hotel majheri pradesh 2 hotel majheri pradesh 4 hotel majheri pradesh 3